२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउन उपयोग : झाडी फाँडेर मकै, बाँझो जमिनमा केरा

अ+ अ-

बलेवा । बागलुङ बजारमा बस्‍ने राजु हमाल लकडाउन सुरु भएपछि घर फर्किए । बागलुङ नगरपालिका १२, काउलेमा रहेको घरमा उनी १० वर्षयता यतिका धेरै समय बस्‍ने गरी गएको यो पहिलोपटक हो । घर छाडेर बजारमा बस्‍न थालेपछि उनको घरछेउको बारी कोतर्ने कोही थिएनन् । न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै घरछेउको बारी बाँझियो, जंगली जनावरको बासस्थानजस्तै रूप झाडीले बदल्यो । लकडाउनको पालना गर्न घर पुगेका उनले सात वर्षपछि अहिले बारी खनजोत गरे । झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पायो ।

घरछेउमा रहेको सात रोपनी बारीमा उनले मकै लगाए । “घर बस्‍न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो,” हमालले भने, “यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै लगाएँ ।” उनले अब बारी बाँझो नराख्‍ने सोच बनाएका छन् । झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो । प्रविधिले उनलाई साथ दियो र मिनिपावर ट्रिलरले बारी कोतरे । “गोरु नपाइने, जोत्‍ने मान्छे पनि नहुने,” उनले भने, “अब त मेसिनले जोतेरै भए पनि खेती गर्छु ।”

हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन् । जिल्लाकै जैमिनी नगरपालिका १, कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ । केरा पकेट क्षेत्र घोषणा भएको वडामा रहेका बाँझो खेतबारीमा केराका बिरुवा लगाइएको हो । लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन् । पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मलदिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताए ।

जैमिनीमा केराका बिरुवा लगाउन कृषि प्राविधिक पनि खटिएका छन् । “लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ,” नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भने, “हामीले बारीमै पुगेर सल्लाह दिएका छौं, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनुभएको छ ।” बाँझो जमिन र खाद्यान्‍न बाली कम उत्पादन हुने क्षेत्रमा केरा बाली लगाउन सल्लाह दिइएको शर्माले बताए । साबिकको कुश्मीशेरा गाविसका वडा १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस