सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध उजुरी लिन मानेन प्रहरीले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध उजुरी लिन मानेन प्रहरीले


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ ।

आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसमेतका नेताहरू प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर पुगेका थिए ।

डिएसपी कृष्ण चन्दले मुद्दा दर्ता गर्न आनाकानी गरेको र यहाँ मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको सहभागी एक नेताले बताएका छन् ।

प्रहरीले जाहेरी लिन नमानेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यत्रो देश विदेश तरङ्गित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौँमा समयभित्र विधि सम्मत ढङ्गले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओली तन्त्रमा कानुनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

Tags :
प्रतिक्रिया दिनुहोस