३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसम : देशभर बदली, वर्षाको सम्भावना

अ+ अ-

काठमाडौं । आज देशका अधकांश स्थानमा बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको र आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको भइरहेको हो ।

विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने जनाएको छ ।

आगामी तीन दिनको मौसम यस्तो छ :

शनीबार दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू भागका केही स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जनर चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति पश्चिमी पहाडी भू–भाग तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आईतबार दिउँसो पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भू–भागमा सामान्य बदली रही वाकी भू–भागमा आंशिक वदली रहनेछ । देशभर केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका केहि स्थानहरुमा र पूर्वी भु–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग , असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भु–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रहनेछ । पश्चिमी र पुर्वी भू–भागका थोरै स्थानहरुमा तथा मध्य भु–भागका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस