२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्तोषजनक काम नगर्ने स्वास्थ्यकर्मीलाई बिदा

अ+ अ-

नारायणपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ । कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो ।

कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा पनि नबस्न सरकारले अपिल गरिरहेका समयमा स्वास्थ्यकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) लगायत सुविधा माग गरेका कारण प्रतिष्ठानले आफूलाई निस्काशन गरेको आरोप स्वास्थ्यकर्मी प्रकृति डिसीले लगाए ।

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रतिष्ठानले १६ महिनादेखि मेडिकल वार्डमा कार्यरत घोराही १५ का स्टाफ नर्स डिसीलाई करार सेवाको म्याद थप गरेन । यसअघि प्रतिष्ठानमा कार्यरत आफूलाई पनि यही वैशाख १ गतेदेखि कममा नआउनू भन्ने व्यहोराको पत्र थमाएको चिकित्सक डा अमृता श्रेष्ठले गुनासो गरे ।
स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ ।

प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले म्याद सकिएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवकाश दिइएको जानकारी दिए । “करार सकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा रोकेका हौंँ, सरकारले कार्यरत स्वास्थ्यकर्मीलाई बिदा नदिने भनेको हो, म्याद सकिएका कर्मचारीलाई काममा लगाउनेबारे भनेको होइन”, रजिष्ट्रार देवले भने ।

कामु रजिष्ट्रार देवका अनुसार केही स्वास्थ्यकर्मी आफैँले राजीनामा दिएका छन् भने केहीको म्याद थप गरिएन । “कुनै पनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई कसरी राख्न सक्छ र ? सोहीबमोजिम उनीहरुलाई पत्र थमाइएको हो”, कामु रजिष्टार देवले भने ।

प्रतिक्रिया दिनुहोस