क्यानडामा १० जनाको गोली हानेर हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्यानडामा १० जनाको गोली हानेर हत्या


८ बैशाख २०७७, सोमबार


काठमाडौं । क्यानडामा एक बन्दुकधारीले गोली हानेर १० जनको हया गरेको छ । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एक बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको जनाइएको छ ।

ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् ।

यो घटना क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले ‘भयानक’ भएको बताएका छन् । यसैगरी नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले यो प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक बताएका छन् ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो ।

प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती बन्दुकधारी पनि मारिएका थिए ।

नोवा स्कोटिया प्रहरीले ट्वीट गरेर आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ ।

उनले प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेका थिए ।

क्यानडामा गोलीकाण्डका घटना कमै हुने गर्दछन् किनभने व्यक्तिगत रुपमा बन्दुक राख्ने कानुन छिमेकी देश अमेरिकाको भन्दा निकै कडा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस