२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाद्वारा सुरक्षाकर्मीका लागि पिपिई हस्तान्तरण

अ+ अ-

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमबाट बच्न जिल्लामा कार्यरत सुरक्षाकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) एक सय थान उपलब्ध गराएको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई आज यहाँ सो परिमाणको पिपिई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका पिपिईमध्ये ५० थान सशस्त्र प्रहरी र ५० थान नेपाल प्रहरीलाई उपलब्ध गराइने छ ।

सो अवसरमा प्रजिअ भुजेलले लकडाउन कार्यान्वयनका लागि २४औं घण्टा कार्य गर्ने सुरक्षाकर्मीलाई सङ्क्रमणबाट सुरक्षित राख्न यो उपकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष पोखरेलले सङ्क्रमणका उच्च जोखिममा रहेका सुरक्षाकर्मीलाई पिपिई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सुरक्षाका उपकरण प्रदान गर्ने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस