काठमाडौँमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७७, सोमबार


काठमाडौँ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

स्रोतका अनुसार अपार्टमेन्टको इ ब्लकमा बसिरहेका उनीहरु केही हप्ता अघि लण्डनबाट फर्किएको थियो र लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो । उनीहरु एक जना ८१ वर्षका वृद्धसहित  ५६ र ५८ वर्षका रहेको जनाएको छ ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ।

सरकारले गत चैत महिनामा विदेशबाट उपत्यकामा आएका सबैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने भनेको थियो। साथै यो किटले परीक्षण गर्दा कोरोना संक्रमणको सम्भावना देखिएपछि पुनः पिसिआर विधिबाट पुनः परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अस्पतालले तीनै जनाको पिसिआरबाट परीक्षण गर्ने तयारी गरिरहेको छ।

थप विवरण आउन बाँकी छ…

Tags :
प्रतिक्रिया दिनुहोस