२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टरबाट सुत्केरीको उद्धार, एकजनाको मृत्यु

अ+ अ-

डोल्पा । डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गर्भवती रहेकी महिलाको उचरक्त चापले अचेत हुँदा सुर्खेत लगिएको हो ।

जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका ४ पञ्चीरुपा धरला अचेत भएपछि उनलाइ जिल्ला प्रशासन कार्यालयको पहलमा सुर्खेत क्षेत्रिय अस्पताल लगिएको छ ।

धरालाको पेटमा रहेको बच्चा मरि सकेको र उनको उच्च रक्तचापको कारण अचेत अबस्थामा रहेकोले जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सजिन रावलले जानकारी दिए ।

रावलले भने, ‘जिल्ला अस्पतालको भेन्टीलेटर छैन’, बच्चा पेटमा मरेको अवस्थामा शल्यक्रिया नगरे आमाको ज्यान जाने र मृगौला मस्तिष्कमा समेत घात गर्ने हुँदा आमाको ज्यान जोगाउन सुर्खेत पठाएको बताए ।

जिल्ला अस्पतालमा रहेकोले धरलाको ज्यान जोगिने भएको छ । तर आजै एक जना महिलाको भने ज्यान गएको छ । सुत्केरी हुँदा उच्च रक्तश्रावको कारण मृत्यु भएको हो ।

ठुलीभेरी नगरपालिका ६ की २७ बर्षिया लालुकुमारी रोकायाको ज्यान गएको छ । शुक्रबार घरमा साँझ सुत्केरी ब्यथा लागेको र बिहान ७ बजेतिर उनको उच्च रक्तश्रावले ज्यान गएको स्थानीय हिमाल रोकायाले जानकारी दिए ।

रोकायाले भने, ‘बच्चा जन्मीयो आमाले धर्ति छोडिन्, उनलाई रक्तश्राब धेरै भएको थियो तत्तकाल कतैपनि उद्धरको लागि पहल गर्ने समयनै पुगेन आखिर एक आमाको जयन गयो ।’

लालुकुमारीको बच्चा जिवित छ तर आमाको भने ज्यान गएको छ । स्थानीयहरु भन्छन् ‘नजिक स्वास्थ्यचौकी नहुँदा ज्यान गयो । हेलिकप्टरबाट लिन सक्ने हामीलाई कुनै जानकारी थिएन गाउँमा अरु कुनै स्वास्थ्यकर्मी थिएनन्, ज्यान गयो ।’

‘ठुलाहरुकै लागि रैछ हेलिकप्टर अस्पताल गरिबले आखिर ज्यान गुमाउनै पर्ने रहेछ’ हिमाल रोकायाले दुख ब्यक्त गरे । ‘लकडाउनले जिल्ला अस्पताल सम्म लिन सकिएन नजिक कुनै स्वास्थ्यसंस्था छैन ।’

राष्ट्रपति महिला उद्धार कोषबाट हालसम्म डोल्पाबाट मात्रै यस वर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १४ जनाको उद्धार भैसकेको छ । त्यस मध्य दुईजनाको भने मृत्यू भएको हो । उकरण अभाबकै कारण पनि आपतमा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस