२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस नियन्त्रण सम्बन्धी सुदूर पश्चिम महालक्ष्मी समाजको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सदुर पश्चिम महालक्षी समाज, ललितपुरले कोरोना भाइरस(कोभिड–२९) रोकथाम तथा नियन्त्रण सम्बन्धी कोभिड–१९(नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ध्यानाकर्षण गराएको छ ।

समाजले भारतको विभिन्न शहरबाट घर फर्किने क्रममा नेपाल तर्फ अकस्मात लागू गरिएको लकडाउनका कारण प्रवेश पाउन नसकी अलपत्र परेका तथा हाल भारततर्फ नै कष्टकर अवस्थामा क्वारेण्टिनमा राखिएका नेपालीलाई अविलम्ब नेपाल प्रवेश गराई उपयुक्त स्थानमा क्वारेण्टिनमा राख्ने व्यवस्था मिलाउन र कोरोना प्रभावित देशहरुबाट घर फर्किएका मानिसहरूको खोजबीन गरी क्वारण्टिनमा राख्ने व्यवस्था गर्न नेपाल सरकार तथा सुदूर पश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गरेको हो ।

‘देशव्यापी लकडाउनका कारण बाटोमैं अलपत्र रहेका, मुख्यतयाः नेपाल–भारत सीमाक्षेत्रको भारतीय क्षेत्रमा अलपत्र रहेका नागरीकहरुको व्यवस्थापन र कोरोना प्रभावित अन्य बिभिन्न देशहरूबाट फर्किनु भएका व्यक्तिहरुबाट हुन सक्ने सम्भावित संक्रमणको नियन्त्रणको लागि सबै तहका सरकारले प्राथमिकताका साथ समयमैं देहाय बमोजिमको आवश्यक पहलकदमीको व्यवस्थाको लागि तहाँ उच्च स्तरीय समिति मार्फत नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र सम्बन्धित सबै स्थानीय तहलाई अनुरोध गर्दछौं’ समाजद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र सम्बन्धित स्थानीय तहहरुबाट असहज परिस्थितिको सम्बोधनको लागि बिभिन्न प्रयासहरू जारी रहेपनि पर्याप्त नभएको सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको गुनासो रहेको छ’ समाजका अध्यक्ष जनक बहादुर धामी तथा सचिव केशव बहादुर चन्दद्वारा ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यस्तो परिस्थितिलाई समयमैं सम्बोधन गर्न नसकिएमा सुदूरपश्चिम प्रदेशमा धनजनको अपुरणीय क्षतिको सम्भावना रहेको देखिएबाट यस समाजको ध्यानाकर्षण भएको छ ।’

साथै समाजले सुदूरपश्चिम प्रदेशको राहत कोषमा पच्चिस हजार रुपैयाँ जम्मा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस