२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसंघीय शान्तिसेना परिचालन स्थगित

अ+ अ-

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ।

राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ ।

राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, ‘हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोविड–१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।’ उनका अनुसार केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्नेछ।

राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । तर राष्ट्रसंघका अन्य निकायहरु जस्तै राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) का कार्यक्रमहरु द्वन्द्वग्रस्त मुलुकहरुमा यथावत रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डान सरकारसँग मिलेर शरणार्थीहरुलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरु कार्यक्रमलाई निरन्तरता दिएको बताए।

डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोविड–१९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्‍न काम गरिरहेको छ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु रहेको जनाएको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले ‘विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०’सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताए। ‘विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जबकी विश्वमा अहिले ५९ लाख नर्सको कमी छ। नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।’

विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गर्दछु भनेका छन्। (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस