ट्रम्पले डब्लूएचओलाई दिए कडा चेतावनी, अमेरिकाले दिँदै आएको कोष रोक्ने ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्रम्पले डब्लूएचओलाई दिए कडा चेतावनी, अमेरिकाले दिँदै आएको कोष रोक्ने !


प्रशासन संवाददाता

२६ चैत्र २०७६, बुधबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चेतावनी दिएका छन् ।

ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै अमेरिकाले दिँदै आएको कोष रोक्ने चेतावनी दिएका हुन् ।

मंगलबार ह्वाइट हाउसमा नियमित प्रेसमिटका क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिमबारे बेलैमा सूचित नगरेको आरोप लगाए । ट्रम्पले आफूहरु डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने पक्षमा रहेको बताए ।

डब्लूएचओमा सबैभन्दा धेरै योगदान गर्ने मुलुक अमेरिका नै रहको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पनि डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका थिए । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस