२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य कम्पनीले भोलीदेखि अनलाइनबाट होम डेलिभरी गर्दै

अ+ अ-

काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलि(बुधवार)देखि अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु गर्ने भएको छ ।

सरकारी स्वामित्वको कम्पनीले नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट चाहिएको सामान घरमै पुर्‍याउने गरी सेवा सुरु गर्न लागेको जनाएको हो ।

पोर्टलको अन्तिम परीक्षण गरिरहेको र प्राविधिक समस्या नदेखिए बुधवारबाटै उपभोक्ताको घरसम्मै उपभोग्यवस्तुहरु पुर्‍याउन सुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नेत्रप्रसाद सुवेदीका अनुसार भोलि बुधवार साँझबाट अर्डर लिन सक्ने गरी तयारी भइरहेको छ । ‘अहिले पनि हाम्रो प्राविधिक टोलीले काम गरिरहेको छ’, प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने, ‘त्यसमा प्राविधिक समस्या आएन भोलिबाटै सामानको अर्डर लिन्छौँ ।’

लकडाउनलाई लक्षित गरी अनलाइन सेवा सुरु गर्न लागेको उनले बताए । ‘लकडाउनमा उपभोक्तालाई सहज होस् भनेर घरसम्मै उपभोग्य वस्तुहरू पुर्‍याउने योजना बनाएका हौँ,’ उनले भने ।

वेवपोर्टलको सम्पूर्ण प्राविधिक पक्षहरू सम्पन्न गरी सकेर अहिले(मङ्गलवार साँझ)सम्म अन्तिम परीक्षण भइरहेको कम्पनीको वरिष्ठ इन्जिनियर रमेश पन्तले बताए । ‘प्रमुख कार्यकारी अधिकृतज्यू र स्वयं सचिवज्यूले नै विशेष चासोका साथ हेरिरहनु भएकोले पनि भोलिसम्म जसरी पनि सञ्चालनमा ल्याउनु पर्ने गरी नै हामी लागिरहेका छौँ’ उनले भने ।

लकडाउन अवधिभर सामान अर्डर गर्ने उपभोक्तालाई डेलिभरी चार्ज नलिने र कम्पनीले खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

साबिकको नेपाल खाद्य संस्था र नेशल ट्रेडिङ आपसमा गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका रूपमा सञ्चालित कम्पनीसँग हाल चामल, दाल, कर्णालीको सिमी र फापर बिक्री गर्दै आएको छ ।

घरमा सामानहरू मगाउँदा अनलाइन पेमेन्ट पनि गर्न सकिने छ भने सामान पुर्‍याउन आउने व्यक्तिलाई नगदै दिन गरी पनि कारोबार गर्न सकिने व्यवस्था रहेको कम्पनीको भनाई छ ।

सरकारी कम्पनीहरूले अनलाइनमार्फत सेवा दिन थालेको यो पहिलो पटक हो ।

अहिलेसम्म निजी क्षेत्रबाट सञ्चालित अनलाइन पोर्टलहरूले मात्रै होम डेलिभरीको व्यवस्था गर्दै आएकोमा सरकारी खाद्य कम्पनीले यो सेवा सुरु गरेसँगै बजार मूल्यदेखि गुणस्तरीयतामा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ । यससँगै उपभोग्ताहरुले सरकारले तोकेकै मूल्यमा सामान खरिद गर्न पाउने छन् भने बजार मूल्य नियन्त्रणमा समेत सघाउ पुग्ने अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस