२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरद्वारा दुई करोडको कोष स्थापना

अ+ अ-

वीरेन्द्रनगर नगरपालिकाले रु. दुई करोडको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । कार्यपालिकाको बैठकले नगरपालिकाको राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाताबाटै कारोबार गर्ने गरी कोष स्थापना गरेको हो । कोषमा नगरस्तरीय ठूला चार आयोजनाबाट प्रति योजना रु। ५० लाख रकमान्तर गरिएको छ ।

कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर प्रदेश राजधानीसमेत भएकाले कोभिड १९ को संक्रमण रोकथामका लागि कोष स्थापना गरिएको बताए । ‘यहाँ जनघनत्व बढी छ, कर्णाली प्रदेशका अन्य जिल्ला जाने प्रवेशद्वार हो, जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘रोकथाम र नियन्त्रण योजनामा खर्च गर्नुका साथै संक्रमितको उपचारमा सहयोग गर्न रकम खर्च हुनेछ ।’

ढकालका अनुसार नगर क्षेत्रभित्र अत्यावश्यक खाद्यवस्तुको ढुवानी, इन्धन, स्वास्थ्य, एम्बुलेन्स, सुरक्षा, पे्रसबाहेक अन्य स्थानीय तहबाट आउने सवारी साधनलाई रोक लगाइएको छ । बैठकले सम्बन्धित वडा कार्यालयले व्यवस्थापन गर्ने गरी क्रमशः वडा र टोलहरुले आफ्नो क्षेत्रमा लकडाउन लागू गर्न सक्ने व्यवस्था गरेको छ ।

कोरोना सङ्क्रमणविरुद्धको व्यवस्थापनमा खटिने कुनै पदाधिकारी वा कर्मचारीको कार्यस्थलमा मृत्यु भएमा आश्रित परिवारलाई रु.१० लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले दैनिक ज्यालादारी, अति विपन्न समुदायलाई खाद्यान्न राहतका लागि रु. ९३ लाख २५ हजार खर्च गरिसकेको जानकारी दिए।

३ हजार ९०५ परिवारका लागि वितरण गरिएको राहत सामग्री वडा कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङका अधिकृत विक्रेता र अन्य पसलबाट खरिद गरेका थिए ।

नगरपालिकाले वडा नं १ देखि १२ वडाका विभिन्न टोलमा दमकलद्वारा डिसइन्फेक्ट छर्ने कार्य गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस