२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्ल्यूएचओले मान्यता नदिएको र्‍यापिड टेस्ट किट नेपालमा किन ?

अ+ अ-

काठमाडैं । नेपालमा कोरोना भाइरस (कोभिड १९) महामारी समुदायमा फैलिन सक्ने चिन्ताबीच नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको परीक्षण किट प्रयोग गरेरै भए पनि कोरोनाभाइरस भए नभएको जाँच्ने निर्णय गरेको छ।

अधिकारीहरूले उक्त र्‍यापिड डायग्नोस्टिक टेस्टमार्फत् चीनबाट ठूलो परिमाणमा मगाइएको किटको परीक्षण र द्रुत जाँचको काम एकै साथ हुने र तिनको प्रारम्भिक परिणामका आधारमा थप विस्तार गरिने बताएका छन्।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा भारतबाट आएका व्यक्तिबाट परिवारका अर्का सदस्यमा कोरोनाभाइरस सारेपछि तथा भारतबाट आएका अन्य व्यक्तिमा पनि सङ्क्रमण देखिएपछि सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा द्रुत परीक्षण गर्ने निर्णय गरेको हो।

त्यसैअनुसार स्वास्थ्य मन्त्रालयका निकायहरूले द्रुत परीक्षणको काम अगाडि बढाएको बताएका छन्।

किन द्रुत परीक्षणको निर्णय ?
द्रुत परीक्षण गर्न मिल्ने किटसहित तीनवटा जिल्लामा खटाउन लागिएको टोलीले चीनबाट किनेर ल्याइएको तर डब्ल्यूएचओले हालसम्म मान्यता दिइनसकेको भनिएको किट नै लिएर जाने भएका छन्।

यसबाट ती किटको पनि जाँच हुने बताइएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, यसको क्षमता पुष्टि गर्नका निम्ति पनि पठाइएको हो।

यो किटले गर्ने परीक्षण र पीसीआर प्रविधिबाट गरिँदै आएको परीक्षणका नतिजा मिल्यो भने यसले नेपाललाई मात्रै नभएर अरू देशलाई पनि द्रुत परीक्षण उपयोगी हुँदो रहेछ भन्ने कुराको सन्देश जान्छ।

उनका अनुसार विज्ञटोलीले यति दिन भएका व्यक्तिलाई अहिले यसबाट परीक्षण गरेर हेरौँ अनि त्यसपछि व्यापक स्तरमा जान सजिलो हुने बताएको छ।

द्रुत परीक्षणका क्रममा सङ्क्रमित देखिएका व्यक्तिको थप परीक्षण प्रयोगशालामा पनि गरिने सरकारको योजना छ।

यसरी किटको परीक्षण सफल देखिएमा देशभरि उक्त परीक्षणलाई विस्तार गर्न सहज हुने सरकारको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, कञ्चनपुर र कैलालीमा रहेका क्वारन्टीनका सबै र चैतमा आएका व्यक्तिलाई पनि परीक्षण गरिनेछ।

बाग्लुङमा सङ्क्रमित व्यक्तिका वरपर रहेका लक्षण नभएका मानिसलाई पनि गर्ने भनिएको छ। यति धेरै परीक्षण गर्न पीसीआरबाट मात्र सम्भव छैन। त्यसले गर्दा द्रुत परीक्षण किट चलाउनु परेको हो।

ती क्षेत्रमा पहिला केन्द्रित गरौँ अनि त्यसको नतिजा हेरेर अरूमा पनि विस्तार गर्न सकिन्छ। यो किटले कस्तो काम गर्छ भन्ने पनि थाहा हुनुपर्‍यो।

सबैतिरबाट परीक्षणको दायरा बढाउन भनिएका बेला समुदायसम्म पुगेरै परीक्षण गर्नुपर्ने अवस्थामा द्रुत परीक्षण विधि आवश्यक पर्ने सरकारी पक्षको तर्क छ।

कोरोनाभाइरस सङ्क्रमणको जाँच हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सातवटा प्रदेशबाट भइरहेको छ।

केही दिनभित्र त्यस्तो परीक्षण भरतपुर, दाङ र नेपालगन्जबाट पनि गर्नेगरी उपकरण जडानको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस