आफूखुसी चन्दा उठाउन तथा सहायता वितरण गर्न नपाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आफूखुसी चन्दा उठाउन तथा सहायता वितरण गर्न नपाइने


२४ चैत्र २०७६, सोमबार


डोटी । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्ने सन्दर्भमा सरकारले मुलुकभर लकडाउनको घोषणा गरिरहँदा जिल्ला भित्र आफू खुसी चन्दा संकलनन तथा सहायता वितरण नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय डोटीले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक सूचना जारी गर्दै कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समूहले आफूखुसी सहायता सङ्कलन तथा वितरण गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘जिल्ला भित्र कुनै पनि व्यक्ति,संस्था, समूहहरूबाट आफूखुसी सहायता वितरण नगर्न, नगराउन अनुरोध गर्दछौ’

कुनै किसिमको सहायता उपलब्ध गराउनु परेमा कानुन बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित नगरपालिका र गाउँपालिका मार्फत एकद्वार प्रणाली अवलम्बन गरी सहायता उपलब्ध गराउन सकिने व्यवस्था रहेको जनाउँदै आफूखुसी सहायता वितरण गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

क्वारेन्टिनमा बस्नेको अवधि एक हप्ता थपियो
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमणको संवेदनशीलता लाई मध्यनजर गर्दै क्वारेन्टिनमा बस्नेहरूका लागि एक हप्ताको लागि समयावधि थप गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै कैलालीमा देखिएका कोरोना संक्रमणहरुमा छोटो अवधिमा खासै लक्षण नदेखिएको भन्दै २१ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा राख्नुपर्ने बताएसँगै यस अघि भारत लगायत अन्य मुलुकबाट आएकाहरूलाई १४ दिनका लागि क्वारेन्टिनमा राखिएको थियो । यो अवधिमा एक एक हप्ता थपिएको छ ।

डोटीमा हाल लकडाउन पछि भारत तथा अन्य मुलुकबाट आएका ३ सय ५ जना र सो भन्दा अघि आएका ३१ जना गरी जम्मा ३ सय ३६ जना क्वारेन्टिनमा राखिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस