२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट

अ+ अ-

कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । स्थानीय इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बेलुकी ४ः१५ बजेबाट राईको घरबाट आगलागी शुरु भएको थियो ।

आगलागीमा परेकामध्ये झकडबहादुर भने यसअघिदेखि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै अमएका थिए । आगलागी भएको थाहा पाएपछि दमक नगरपालिकाको दमकल साथै कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयवासीको पहलमा निभाइएको थियो । आगलागीको कारण बुझ्न नपाइए पनि धूमपान सेवन गर्नेका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

मुग्लिन ः चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा परेका हुन् ।

घरमा रहेको सोेलार सर्ट भई दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । अहिले उनीहरु छिमेकीको घरमा बसेका छन् । वडाध्यक्ष भुपेन्द्र चेपाङले पनि आगलागी भएको खबर आएको बताए । विकटमा रहेका कारण आइतबार मात्र सो स्थानमा पुगी क्षतिको विवरण सङ्कलन गरिने बताए । रासस

प्रतिक्रिया दिनुहोस