२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहरमा काम गर्ने कर्मचारीलाई सुरक्षात्मक उपकरण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहर व्यवस्थापनका काम गर्ने सफाइकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराएको छ ।

कामपाले आज औषधि छर्ने काममा खटिने, फोहर व्यवस्थापन स्थलमा ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहर सङ्कलनमा खटिने कर्मचारीलालाई कोभिड–१९ बाट बच्ने सुरक्षात्मक सामग्री प्रदान गरेको हो । यसका लागि कामपा वातावरण व्यवस्थापन विभागबाट काम शुरु भइसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका समयमा महामारीबाट बच्न सबैै मानिस घरमै बसेका बेला पनि सफाइकर्मी कार्यरत रहने भएकाले उहाँहरुलाई जोगाउनु कामपाको पहिलो जिम्मेवारी रहेको बताए।

कोभिडको महामारीका समयमा अत्यावश्यक सेवामा काम गर्नेका लागि सरकारले रु २५ लाखको बीमा गरिसकेको छ । प्रमुख शाक्यले भने, ‘सामान्य अवस्थामा पनि र अनौपचारिक क्षेत्रमा काम गर्नेले पनि सुरक्षात्मक उपकरणको प्रयोग गर्नु अहिलेको आवश्यकता हो ।’ यो सुरक्षात्मक उपकरणमा सुरक्षा लुगा एक सेट, चस्मा एउटा, पञ्जा एक जोर, बुट एक जोर, मास्क तीन थान, १०० एमएलको स्यानिटाइजर, एउटा साबुन, एउटा रुमाल, एउटा बाल्टिन र एउटा मग हुनेछ । उक्त सामग्री वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन सङ्घ नेपालको सहकार्यमा उपलब्ध भएको हो ।

काठमाडौँ महानगरमा करिब ९५० कर्मचारी सरसफाइमा काम गर्छन् । फोहरमैला व्यवस्थापन सङ्घ नेपालको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ६५ वटा सरसफाइ कम्पनी छन् । यी कम्पनीअन्तर्गत करिब दुई हजार ५०० सरसफाइकर्मी काम गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस