२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारकै कर्मचारीले नियम उल्लङ्घन गरे, स्थानीय युवाले रोके बाटोमै गाडी

अ+ अ-

ठिनी । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् ।

लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका गाडीलाई लोमान्थाङबाटै फर्काएका लोमानथाङ गाउँपालिका–५ का वडाध्यक्ष नवाङ कुङ्गा विष्टले जानकारी दिए।

सरकारकै कर्मचारीले नियम उल्लङ्घन गरेकाले गाडी बजार क्षेत्र प्रवेश गर्न नदिइएको स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिए ।

लकडाउन अवधिमा मुस्ताङ सार्वजनिक, निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अतिआवश्यक सेवाबाहेक कुनै पनि प्रयोजनमा सवारी साधन चलाउन छुट नभएको बताए । उनले सो सरकारी गाडीमाथि आउँदै गरेको जानकारी भए पनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गए ।

सडक निरीक्षणमा आयोजना प्रमुख अशोक तिवारी, इञ्जीनियर अस्विनी यादवलगायत अन्य गैरव्यक्ति पनि भएको स्थानीयवासीले बताएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीबाट जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमबाट कोरलाको ११० किलोमिटर सडकमा सात वटा प्याकेज छन् । रासस

प्रतिक्रिया दिनुहोस