एनसेलले दोस्रो किस्तावाफत ४ अर्व ६० करोड बुझायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एनसेलले दोस्रो किस्तावाफत ४ अर्व ६० करोड बुझायो


१८ चैत्र २०७६, मंगलबार


काठमाडौँ । टेलिकम्पनी एनसेलले सरकारलाई बुझाउनु पर्ने दोस्रो किस्ताबापतको रकम बुझाएको छ ।

स्वामित्व खरिद बिक्रीबापतको लाभकरको दोस्रो किस्ताबापत चार अव ६० करोड रुपैयाँ बुझाएको हो ।

ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज चार अर्व ६० करोड रुपैयाँ बुझाएको हो ।

‘दोस्रो किस्ताबापतको रकम बुझाएको हो’, प्रमुख कर प्रशासक अधिकारीले भने, ‘चार किस्तामा बुझाउन गरेको अनुरोधअनुसार पहिलो किस्ता बुझाई सकेकोमा आज दोस्रो कित्ता बुझाएको छ’

यसअघि पहिलो किस्ता पुस १५ मा बुझाएको थियो ।

सम्बन्धित समाचार : एनसेलले ४ अर्व ५० करोड बुझायो

ठुला करदाता कार्यालय बबरमहलका प्रमुख कर प्रशासक अधिकारीले कर चुक्ता नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र काटेको साता दिन नबित्दै एनसेलले पुँजीगत लाभकरको साढे चार अर्व अर्थात् चार अर्व ५० करोड रुपैयाँ बुझाएको थियो ।

सम्बन्धित समाचार : जसले तिराएरै छाडे एनसेललाई कर

सर्वोच्च अदालतको आदेशअनुसार ठुला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापतको लाभकर २२ अर्व ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिन भित्र बुझाउन २२ मङ्सिरमा पत्राचार गरेको थियो ।

ठुला करदाता कार्यालयले पठाएको पहिलो पत्रको समयमै जवाफसमेत नदिएको एनसेलले ‘तोकिएको १५ दिन समय सीमाभित्र कर बक्यौता चुक्ता नगरे कारबाही गर्ने’ ब्यहोराको दोस्रो पत्रपछि किस्ताबन्दीमा तिर्ने भनेको थियो ।

सम्बन्धित समाचार : १५ दिनभित्र सबै कर चुक्त्ता गरिसक्न एनसेललाई ठूला करदाता कार्यालयको पत्र

सर्वोच्च अदालतले मंसिर ५ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएवापत अब २१ अर्ब १० करोड रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको थियो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस