स्वास्थ्य सामाग्री खरिद प्रक्रिया र गुणस्तरमाथि प्रश्न, मन्त्रालयको दाबीको खण्डन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सामाग्री खरिद प्रक्रिया र गुणस्तरमाथि प्रश्न, मन्त्रालयको दाबीको खण्डन


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । मेडिकल सप्लायर्सहरुले सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री खरिद प्रक्रिया र गुणस्तरमाथि प्रश्न उठाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गरेको सामाग्रीको खरिद मूल्य सार्वजनिक भए लगत्तै मूल्यमाथि प्रश्न उठाउन थालिएकोमा पहिलो खेप केहि उपकरण आइतबार मात्र काठमाडौँ आइपुग्दा सप्लायर्सहरुले सम्झौता र गुणस्तरमाथि प्रस्न उठाएका हुन् ।

आइतबार स्वास्थ्य मन्त्रालयले नेपालका सप्लायर्ससहरुसँग छलफल गरेर मात्र यो खरिद गरिएको र अभावका बेला केही महँगो भएको हुनसक्ने तर भ्रष्टाचार नभएको स्पष्टीकरण लगत्तै नेपाली सप्लायर्सहरुको छाता सङ्गठन रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालले मन्त्रालयको दाबीको खण्डन गर्दै खरिद प्रक्रियामा प्रश्न उठाएको छ ।

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्री खरिदमा अनियमितता नभएको स्वास्थ्य विभागको स्पष्टोक्ति

फागुन २५ मा स्वास्थ्य सेवा विभागले मागेअनुसार सङ्घ र अन्य गरी १९ व्यवसायीले आवश्यक सामाग्रीको कोटसन दिएको र सम्बन्धित व्यवसायीहरूसँग व्यवस्थापन महाशाखाबाट आवश्यकता र आपूर्ति समयअनुसार खरिद आदेश प्रदान गर्ने निर्णय भएकोमा हालसम्म उक्त प्रक्रिया पूरा नभएको संघले जनाएको छ ।

कोटेसनसहित फेरि छलफलमा बोलाएर सम्झौताका लागि पुन बोलाउन आश्वासन दिएर निश्चित व्यवसायीसँग प्रचलित बजारभन्दा अधिक मूल्यमा सामाग्री खरिद गरिएको सङ्घको आरोप छ ।

सङ्घले स्रोत नखुलेका र गुणस्तरको बेवास्ता गरी खरिद गरिएका सामानको नतिजा के हुने भन्दै गुणस्तरमा पनि प्रश्न उठाएको छ ।

संघका अध्यक्ष सुरेश घिमिरेले जारी गरेको विज्ञप्तीमा पिसिआर किट बनाउने आधा दर्जन बढी कम्पनिले युएएफडिए सर्टिफिकेशन पाइसकेको अवस्थामा गुणस्तरको बेवास्ता गरी खरिद गरिएको सामान तथा र्‍यापिड किटहरुबाट स्पेनको जस्तो नियत भोग्न नपरोस् भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस