लकडाउनबाट मर्कामा परेकाहरूका लागि राहत प्याकेज घोषणा हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लकडाउनबाट मर्कामा परेकाहरूका लागि राहत प्याकेज घोषणा हुँदै


१६ चैत्र २०७६, आइतबार


सचिव

काठमाडौं । लकडाउनका कारण मर्कामा परेका न्यून आय भएका विपन्न नागरिकहरुका लागि सरकारले राहत प्याकेज ल्याउने भएको छ । विशेष गरी न्यून आय, विपन्न वर्ग, सशरी मजदुर तथा गरिबहरुका लागिथ यस्तो प्याकेज ल्याउने तयारी गरेको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसको तयारी गरिरहेको छ ।

आज बस्ने मन्त्री परिषद् बठकले यो प्याकेजको घोषणा गर्ने जनाइएको छ ।

स्रोतले भन्यो, ‘त्यस्ता गरिखाने वर्गहरू ठूलो समस्यामा परेको, हातमुख जोड्नकै समस्या भएकोबारे सरकार जानकारी छ, त्यस्ता वर्गलाई कस्तो राहत दिन सकिन्छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं । मन्त्रिपरिषद् बैठक बसेर घोषणा गर्छौं ।’

न्यून आय भएका वर्गलाई पालिकाहरूले खाने कुराको प्रबन्ध मिलाइरहेको भए पनि उनीहरूले काम पाउने अवस्था नबन्दासम्म उनीहरूलाई सरकारले हेर्ने समिति स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस