लकडाउनको अवधि कम्तीमा एकसाता लम्ब्याउने सरकारको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकडाउनको अवधि कम्तीमा एकसाता लम्ब्याउने सरकारको तयारी


१६ चैत्र २०७६, आइतबार


काठमाडौं । लकडाउन अवधि कम्तीमा पनि एकसाता लम्ब्याउन सरकारले तयारी थालेको छ । एक साताका लागि गरिएको लकडाउनको अवधि सोमबार सकिँदैछ ।

कोरोनाको जोखिम बढीरहेका बेला ‘कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संक्रमितको संख्या थपिन लागेकाले झन् सतर्कता अपनाउनु पर्ने हुँदा यसबार निर्णय गर्न आइतबार बेलुकी मन्त्रीपरिषद बैठक बस्दै छ । लक डाउनको समय अवधि थपिने सम्भावना छ ।

भारतले २१ दिनसम्म लकडाउन घोषणा गरेकाले परिस्थिति हेरेर त्यसको अध्ययन गरी नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस