फिलिपिन्सका सैन्य प्रमुख पनि कोरोना संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्सका सैन्य प्रमुख पनि कोरोना संक्रमित


१५ चैत्र २०७६, शनिबार


मनिला । फिलिपिन्सका सेना प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार मात्रै उनलाई कोभिड १९ भएको सैन्य जनसम्पर्क कार्यालयले जानकारी दिएको हो ।

फिलिपिनो सेना प्रमुख फेलिमन सान्तोसको परीक्षण यही मार्च २३ मा गरिएको थियो ।

सेना प्रमुख सान्तोको पोजिटिभ रिपोर्ट आएपछि उनीसँग भेटेका वा नजिक रहेका अन्य सैन्य अधिकारीहरुको पनि कोरोना परीक्षण गरिन थालेको छ । केही उच्च अधिकारीहरु पनि क्वारेन्टाइनमा बस्न थालेका छन् ।

सान्तोसलाई पोजिटिभ रिपोर्ट आउना साथ शुक्रबारदेखि नै १४ दिनका लागि कडा क्वारेन्टाइनमा राखिएको छ । उनका लागि सैन्य क्याम्पभित्रै क्वारेन्टाइनको व्यवस्था गरिएको बताइएको छ ।

यस्तै यही शनिबार ७५औं जन्मदिन मनाउन तयार रहेका फिलिपिनो राष्ट्रपति रोड्रिगो दुतेर्ते पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन् ।

राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पानेलोका अनुसार दुतेर्ते क्वारेन्टाइनबाटै आफ्नो नियमित काम गर्नेछन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस