राहत कोषमा शिक्षकको एक दिनको तलब « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राहत कोषमा शिक्षकको एक दिनको तलब


१५ चैत्र २०७६, शनिबार


काठमाडौँ । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् ।

शिक्षकको छाता संस्था नेपाल शिक्षक महासंघले शुक्रबार यस्तो निर्णय गर्दै सरकारलाई केही दिनभित्रै न्यूनतम पनि करोड रुपियाँभन्दा बढी हस्तान्तरण गर्ने जनाएको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले कोरोना रोकथाममा सरकारी प्रयास तथा अभियानमा देशभरका शिक्षकको ऐक्यबद्धता रहेको उल्लेख गर्दै शिक्षकले महासंघलाई सहयोग गर्ने र महासंघले एकमुष्ठ रूपमा सरकारलाई सहयोग रकम हस्तान्तरण गर्ने योजना रहेको बताएका छन् ।

सार्वजनिक विद्यालयमा स्थायी राहत तथा निजीसमेत गर्दा झन्डै दुई लाख सदस्यले सहयोग गर्ने जनाइएको छ । यसबाट न्यूनतम पनि एक करोडभन्दा बढी सहयोग संकलन हुने अपेक्षा महासंघले गरेको छ । सङ्क्रमणका बेला सबैलाई जोगिन र सचेत हुनसमेत महासंघको आह्वान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस