कोरोना राहत कोषमा कर्मचारी संगठनको पाँच लाख « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना राहत कोषमा कर्मचारी संगठनको पाँच लाख


१४ चैत्र २०७६, शुक्रबार


सचिव

काठमाडौँ । विश्व महामारी कोरोना भाइरस(कोभिड-१९) सँग लड्न नेपाल निजामती कर्मचारी संगठनले पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

शुक्रबार संगठनका महासचिव रेवन्त गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा रकम जम्मा गर्ने उल्लेख छ ।

यससँगै सम्भव भएसम्म जिल्ला तथा विभागिय कार्य समितिवाट पनि सरकारलाई सहयोग गर्न संगठनले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस