कर्मचारीलाई प्रोत्साहन भत्ता, नियन्त्रणका क्रममा मृत्यु भए १० लाख ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई प्रोत्साहन भत्ता, नियन्त्रणका क्रममा मृत्यु भए १० लाख !


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिकाले कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर ज्यानै जाने अवस्था सिर्जना भएमा १० लाख रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिए ।

यसै गरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सात वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हात धुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए ।

गाउँपालिकामा अहिले स्वास्थ्य परीक्षण तथा भारतलगायत तेस्रो मुलुकबाट गाउँ भित्रिएका नागरिकको तथ्याङ्क सङ्कलन भइरहेकाले नआत्तिन र संयमित भएर आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै घरमै बस्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष रिताकुमारी अर्यालले अनुरोध गरे ।

निस्दीमा ८७ प्रतिशत मगर समुदायको बस्ती छ ।

Tags :
प्रतिक्रिया दिनुहोस