कोरोना बिरामीका लागि नर्भिकमा छुट्टै १५ सैयाको वार्ड सञ्चालनमा छ : वसन्त चौधरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना बिरामीका लागि नर्भिकमा छुट्टै १५ सैयाको वार्ड सञ्चालनमा छ : वसन्त चौधरी


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । वसन्त चौधरीले कोरोना बिरामीका लागि १५ सैयाको वार्ड सञ्चालन गरेको बताएका छन् ।

राष्ट्रलाई सङ्कट परेको बेला केही निजी अस्पतालहरुले सहयोग नपु¥याईरहेको समाचार बाहिरिई रहँदा अस्पतालका अध्यक्षसमेत रहेका चौधरीले नर्भिक अस्पतालले छुट्टै १५ सैयाको वार्ड सञ्चालन गरेको बताएका हुन् ।

‘नर्भिकले कुनै पनि प्रकृतिको बिरामीलाई सेवा नदिने जस्तो अमानवीय कार्य गरेको छैन र गर्ने छैन’ चौधरीले ट्विट गरेका छन् ‘कोभिड बिरामीकालागि छुट्टै १५ सैयाको वार्ड सञ्चालन गरेको छ । हामी सेवामा छौँ’

कोरोना भाइरसको संक्रमणबिरुद्ध विश्व समूदाय नै जुटिरहँदा पछिल्लो समय नेपालमासमेत पोजेटिभ देखिएसँगै सरकार जोड बलका साथ नागरिकको सुरक्षामा लागि परेको छ । यसैबिच केही ठुला भनिएका अस्पतालहरूले सम्भावित सङ्क्रमित बिरामीलाई फर्काउने जस्ता अमानवीय व्यवहार गरेसँगै सरकारले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

सम्बन्धित समाचार : सम्भावित कोरोना सङ्क्रमित बिरामी फर्काउने ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण

बिरामीबाट चर्को शुल्क असुलीको आरोप खेप्दै आएका ठुला अस्पतालहरूले महामारीमानसमेत पन्छिन खोजेपछि नागरिकस्तरबाटसमेत आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस