कालोबजारी गर्ने औषधि पसललाई २० हजार जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालोबजारी गर्ने औषधि पसललाई २० हजार जरिवाना


१३ चैत्र २०७६, बिहिबार


वीरगन्ज । प्रशासनले औषधि पसलमा छापा मारेर कालोबजारी गर्नेलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

वीरगञ्जको घण्टाघर नजिकै रहेको सुरेश मेकिडल हलमा छापा मारेर पसलका संचालक सुरेश गुप्तालाई २० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

स्थानीय प्रशासन र वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालयको टोलीले बुधबार पसलमा छापामारेको थियो ।

बिहीबार बिहान औषधि पसलमा ग्लोब्स किन्न गएका एक ग्राहकलाई पसले गुप्ताले ३५ रुपैयाँ मुल्य पर्ने ग्लोब्स ५० रुपैयाँमा बिक्री गरेका थिए । ती ग्राहकले सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतलाई भेटेर गुनासो गरेका थिए ।

त्यसलगत्तै औषधि पसलमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ग्लोब्सको मुल्य सोध्दा पसले गुप्ताले ३५ रुपैयाँ मात्रै पर्ने बताएपछि उनलार्इ २० हजार रुपैयाँ जरिवाना तिराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालय वीरगन्जका प्रमुख जीतबहादु्र श्रेष्ठले जनाएका छन् ।

पसले गुप्तालाई कालोबजारी गरेको भेटिए पसल नै सिल गर्ने चेतावनी पनि दिइएछ ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बिहीबार तरकारी बजारमा पनि अनुगमन गेका छन् । तरकारी पसलमा मुल्य सुची राख्न निर्देशन दिएका छन् ।

बस्नेतले बढीमूल्यमा तरकारी नबेच्न सचेत गराउँदै चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस