‘मेरो जीवन तिमीसँग जोडिएको छ’ लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली इटाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘मेरो जीवन तिमीसँग जोडिएको छ’ लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली इटाली


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । चीनले स्वास्थ्य विज्ञसहितको तेस्रो टोली इटाली पठाएको छ।

बुधवार पूर्वी चीनको पुजिन प्रान्तबाट इटालीका लागि उडेको १४ स्वास्थ्य विज्ञसहितको टोली सोही दिन नै इटाली पुगेको छ।

टोलीमा फुजिनस्थित विभिन्न अस्पतालका विज्ञ चिकित्सकसहित त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका विज्ञ तथा राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महामारी रोग विशेषज्ञ पनि सहभागी छन्।

टोलीले इटालीमा कोरोना भाइरस९कोभिड–१९० नियन्त्रण तथा रोकथामका लागि चिनियाँ अस्पतालहरूमा प्रयोग भएको उपाय तथा अनुभव त्यहाँ प्रयोग गर्नेछ। यो टोलीले इटालीको तुसकानी क्षेत्रमा काम गर्ने जनाइएको छ।

उनीहरूले विमानमा ८ टन मेडिकल सहयोग सामाग्रीसमेत बोकेर लगेका छन्, जसमा ३० वटा भेन्टिलेटर, २० सेट मेडिकल मोनिटर, तीन हजार प्रोटेक्टिभ सुट, तीन लाख मेडिकल मास्क, २० हजार एन ९५ मास्क र तीन हजार फेस सिल्ड रहेका छन्।

यसअघि चीनले २२ जना विज्ञ र २० टन बराबरको मेडिकल सामाग्री लिएर दुई वटा टोली पठाइसकेको छ।

हालसम्म इटालीमा सात हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ भने ७४ हजार ३ सय ८६ जना सङ्क्रमित भइसकेका छन् । सङ्क्रमितको सङ्ख्या चीनको भन्दा ८ हजार मात्र कम रहेको इटलीमा मृत्युको आँकडा चीनभन्दा दोब्बर पुग्न लागेको छ। एजेन्सिको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस