जहाजमा कोरोना संक्रमित युवतीसँगै आएका थप पाँचजना सम्पर्कमा « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

जहाजमा कोरोना संक्रमित युवतीसँगै आएका थप पाँचजना सम्पर्कमा


१३ चैत्र २०७६, बिहिबार


काभ्रे । जहाजमा कोरोना संक्रमित युवतीसँगै आएका काभ्रेका थप पाँच जना सम्पर्कमा आएका छन्। सरकारले संक्रमित युवतीसँगै आएकाहरुलाई सम्पर्कमा आउन आह्‍वान गरेसँगै उनीहरू सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आएका चार जना काभ्रेका रहेको र एक जनाको ठेगाना पुष्टि हुन बाँकी रहेको काभ्रेका प्रजिअ श्रवणकुमार तिमल्सिना बताएका छन् ।

सम्पर्क आएकामध्ये ३ महिला र २ पुरुष छन्। सम्पर्कमा आएका व्यक्तिले बताएअनुसार उनीहरु सबै अमेरिकाबाट कतार हुँदै नेपाल आएका हुन्। अहिले उनीहरु डाक्टरको सल्लाहअनुसार घरमै सेल्फ क्वरेन्टाइनमा बसिरहेको प्रजिअ तिमल्सिनाले जानकारी दिएका छन् ।

उनीहरुलाई चेकजाँचको लागि टेकु अस्पताल लैजाने तयारी भइरहेको पनि उनले बताए ।

कोराना भाइरस (कोभिड–१९) को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्ज्याङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए।

अहिलेसम्म कतार एयरवेजमा नेपाल फर्केका काभ्रेका ७ जना सम्पर्कमा आएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस