२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द

अ+ अ-

परासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।

मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो । गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिए । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उनले बताए ।

‘कोरोनाका बिरामी आउने डरले उनीहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ’, अधिकृत केसीले भने ।

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताए । ‘कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु’, उनले भने ।

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताउनुभयो । प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उनले पनि औषधि पसल सञ्चालन गरेको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए/नभएको अनुगमन गरेको थियो । ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताए ।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस