चौबिसै घण्टा स्वास्थ्य सामाग्री आपूर्ति र मर्मतको व्यवस्था गर्न अपिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चौबिसै घण्टा स्वास्थ्य सामाग्री आपूर्ति र मर्मतको व्यवस्था गर्न अपिल


१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । रसायन तथा मेडिकल आपूर्ति संघले हरेक अस्पताल र स्वास्थ्य संस्थामा चौबिसै घण्टा आवश्यक सामाग्री आपूर्ति गर्ने र आवश्यकता अनुसार मर्मत सम्भारको कार्य गर्ने व्यवस्था मिलाउन अपिल गरेको छ ।

विश्व नै आक्रान्त बनेको कोरोना भाइरस(कोभिड–१९)को असर नेपालमासमेत परिसकेको अवस्थामा सरकारले चालेको कदमा आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै सङ्घ अन्तर्गतका सम्पूर्ण सदस्य, फर्म तथा कम्पनीमा कार्यरत कर्मचारीहरूलाई चौबिसै घण्टा तयारी अवस्थामा रहन र आवश्यक सामाग्री अस्पताल तथा स्वास्थ्य संस्थामा आपूर्ति व्यवस्था मिलाउन अपिल गरेको हो ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्कटको समयमा सम्बद्ध सबै व्यवसायी साथीहरू एकजुट भई राष्ट्रको स्वार्थमा खरो उत्रिन सफल हुने र आफ्नो काँधमा आएको जिम्मेवारीबाट कहीँ कतै नचुक्ने विश्वास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस