नेपालमा थप एक जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या तीन पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा थप एक जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या तीन पुग्यो


१२ चैत्र २०७६, बुधबार


काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड-१९) को थप एक नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

बुधबार तेस्रो संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस