लकडाउनको उल्लंघन गर्दै कन्टेनरमा लुकेर आएका ५२ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउनको उल्लंघन गर्दै कन्टेनरमा लुकेर आएका ५२ जना पक्राउ


१२ चैत्र २०७६, बुधबार


वीरगञ्ज । लकडाउनको उल्लंघन गर्दे नेपालका विभिन्न शहरबाट कन्टेनरमा लुकी वीरगञ्ज भित्रिएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा, पर्सा र रौतहटका बासीन्दा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भरतपुर– हेटौंडा हुँदै वस्रगञ्जको घण्टाघरमा मंगलबार राति १२ बजे ना५ख९५९२ नम्बरको खालिकन्टेनरभित्र रहेका ३ बालबालिकासहित ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंमा विभिन्न मजदुरी गरिरहेका ति यात्रु सरकारले लकडाउन घोषण गरेपछि मंगलबार घर जान खोजेका थिए । अन्य कुनै सवारी साधन नभेटेपछि खालि कन्टेनरलाई हारगुहार गरी प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा दिने शर्तमा चालकले कन्टेनरमा चढाएको यात्रुहरुले बताएका छन् ।

कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार बिहान पठाइएको छ ।

नियन्त्रणमा लिइएका चालकलाई प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कारबाही गरिने प्रजिअ ललित बस्नेतले बताएका छन् । उनले यात्रुहरुलाई क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरेपछि अवस्थाअनुसार निर्णय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस