कर्णाली सरकारद्वारा ५० करोडको कोष « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णाली सरकारद्वारा ५० करोडको कोष


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । कर्णाली सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि रु.५० करोडको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला विपत् व्यवस्थापन कोषको लागि प्रदेशका सबै जिल्लालाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिएकी छिन्।

त्यस्तै कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा खटिने कर्णाली प्रदेशका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई संघीय सरकारले तोकेको मापदण्ड अनुरुप दोहोरो नपर्ने गरी सेवा सुविधा उपलब्ध गराउने निर्णय पनि मन्त्री परिषद्ले गरेको छ ।

कोभिड १९ को रोकथाम तथा प्रतिकार्य योजनाको लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक व्यवस्थापनलाई प्रभावकारी गराउन प्रमुख सचिवको नेतृत्वमा नौ सदस्यीय कार्यकारी समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्रिपरिषदले कर्णाली प्रदेशका सम्पूर्ण विशेषज्ञ, छात्रवृत्ति र करार सेवामा कार्यरत चिकित्सकलाई कर्णाली प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस