नेकपा सांसद्ले कोरोना कोषमा आधा महिनाको तलव जम्मा गर्ने - प्रशासन प्रशासन
prasaLogo
११ चैत्र २०७६, मंगलवार

नेकपा सांसद्ले कोरोना कोषमा आधा महिनाको तलव जम्मा गर्ने


प्रकाशित मिति : 24 March, 2020 10:28 am

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

सरकारले खडा गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाका क्रमशः १७४ र ५० सांसद् छन् ।

सचेतक चौधरीका अनुसार, यी सबै सांसद्को १५ दिनबराबरको पारिश्रमिक विशेष कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा जम्मा गरिनेछ ।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् भने राष्ट्रपतिले दुई महिनाको र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।

कोष स्थापनासँगै एनआरएनए र उद्योगपति बसन्त चौधरीले एक–एक करोड सहयोगको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस