अमेरिका बन्द गर्नका लागि नबनेको ट्रम्पको उद्घोष « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिका बन्द गर्नका लागि नबनेको ट्रम्पको उद्घोष


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिका बन्द नहुने बताएका छन् । कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन् ।

सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको बताउँदै आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने जनाएका छन् ।

ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै यस्तो घोषणा गरेका हुन् ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको कारण ४६ हजार १४५ जना संक्रमित भइसकेका छन् भने ५८२ जनाको मृत्यु भइसकेको छ ।

भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ ।

सोमबार ट्रम्पले एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन् ।

उनले यो एउटा चिकित्सासम्बन्धी समस्या रहेको र यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस