कोरोना भाइरस : इटलीमा ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाइरस : इटलीमा ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो


प्रशासन संवाददाता

११ चैत्र २०७६, मंगलबार


चैत ११, काठमाडौं । कोरोना भाइरसबाट इटलीमा ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो ।

चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गइसकेको छ ।

कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ ।

यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस