कोरोेना भाइरस : १८६ देशमा संक्रमण फैलियो, मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो, ३ लाख बढी संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोेना भाइरस : १८६ देशमा संक्रमण फैलियो, मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो, ३ लाख बढी संक्रमित


१० चैत्र २०७६, सोमबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभरका १८६ देशमा फैलिएको छ । हालसम्म मृत्यु हुनेको संख्या १४ हजार ६ सय पुगेको छ भने ३ लाख ३० हजार जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।

चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोनाको संक्रमणबाट चीनमा मात्रै ३ हजार २ सय ७० जनाको ज्यान गइसकेको छ । हुवेई प्रान्तमा मात्रै ३ हजार १ सय ५३ मानिसको ज्यान गइसकेको छ । त्यहाँ ८१ हजार ४ सय २६ जना कोरोनासँग लडिरहेका छन् । चीनको अवस्था भने विस्तारै नियन्त्रणमा आइसकेको र त्यहाँको संक्रमण दर पनि घटिरेको चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट इटलीमा हालसम्मकै सबैभन्दा बढी को मृत्यु भएको पुष्टि भएको छ । बीबीसीका अनुसार हालसम्म इटलीमा ५ हजार ४ सय ७६ को ज्यान गइसकेको छ । भने ५१ हजार १ सय ३८ जना संक्रमित रहेका छन् । जसमध्ये ३ हजारको अवस्था गम्भीर रहेको छ ।

यस्तै कोरोनाको संक्रमण बढी रहेको अर्को देश स्पेन रहेको छ । स्पेनमा कोरोनको संक्रमण बाट १ हजार ७ सय ७२ ले ज्यान गुमाइसकेका छन् । इरानमा पनि १ हजार ६ सयको मृत्यु भइसकेको छ । २१ हजार ६ सय ३८ जनामा यसको संक्रमण देखिएको छ ।

यस्तै फ्रान्समा ६ सय ७४ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालसँग प्रत्यक्ष सीमाना जोडिएको देश भारतमा पनि ३६० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । हाललसम्म ७ जनाको ज्यान गइसकेको छ । भारतका २२ राज्यमा भारत सरकारले मार्च ३१ सम्म लक डाउन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस