कोरोना भाइरस : जर्मन चान्सलर एङ्गेला मर्केले पनि क्वारेन्टाइनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : जर्मन चान्सलर एङ्गेला मर्केले पनि क्वारेन्टाइनमा


१० चैत्र २०७६, सोमबार


काठमाडौं । जर्मन चान्सलर एङ्गेला मर्केल पनि क्वारेन्टाइनमा बसेकी छन् । चान्सलर मर्केलेको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको भेटिएपछि उनी क्वारेन्टाइनमा बसिरहेको बताइएको छ ।

शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्केलका प्रवक्ताले बताए। उनी ६५ वर्षकी छन्।

मर्केलले टेलीभिजनमा बोल्दै सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम रहेको बताएकी छन् । उनले घोषणा गरेका नियमहरूअनुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन्। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस