कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जर्मनीमा नयाँ नियम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जर्मनीमा नयाँ नियम


१० चैत्र २०७६, सोमबार


काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को महामरी नियन्त्रणका लागि जर्मनीले नयाँ नियम लागू गरेको छ । जर्मनीले कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरेको हो।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

‘नयाँ नियमहरू निकै नै कडा छन्। सार्वजनिक स्थानमा एक अर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ। तपाइँ कार्यालय वा चिकित्सककहाँ जान सक्नुहुन्छ र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सक्नुहुन्छ। अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको छ’ संवाददाता डेमियन मक्गिनेजले बताएका छन्।’

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१० घटना पाइएका छन्। उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड–१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस