वन उपभोक्ता महासंघका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वन उपभोक्ता महासंघका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने


१० चैत्र २०७६, सोमबार


काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासंघले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।

महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा २२ हजार २६६ महासङ्घसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ ।

महासंघको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८ गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, सुदूरपश्चिम प्रदेशमा ३४० भवन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस