सरकारी कर्मचारीले नियमित काममा आउनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी कर्मचारीले नियमित काममा आउनुपर्ने


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरुले नियमित काममा आउनु पर्ने स्पष्ट पारेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको हो ।

मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए ।

मन्त्री खतिवडाले भने, ‘केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस