बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही महत्त्वपूर्ण निर्णय हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही महत्त्वपूर्ण निर्णय हुँदै


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपण गरेर फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले वर्तमान अवस्थाबारे केही महत्त्वपूर्ण निर्णय गर्दैछ । यसअघि फागुन १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।

‘मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष भेटघाट गर्नुले केही महत्त्वपूर्ण निर्णय हुन सक्छ’, बालुवाटार उच्च स्रोतले प्रशासनलाई भन्यो, ‘यातायातको दुरी निर्धारण गर्नेदेखि अत्यावश्यकता कार्यालयहरू थप हुन सक्छन् ।’ हाल १९ वटा कार्यालयलाई अत्यावश्यक कार्यालयमा राखिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन र रोकथामका लागि कडाइ गर्दै लगेको सरकारले स्वास्थ्य सङ्कटकालसमेत लगाउन सक्ने सम्भावनासमेत रहेको स्रोतले बताएको छ । ‘यद्यपि यही नै भन्न सकिन्न तर राष्ट्रपतिज्यूसँगको भेटघाटपछि स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि भन्ने विषयमा पनि आन्तरिक रूपमा चर्चा छ’, ती अधिकारीले भने

दिउँसोदेखि नै बसेको बैठक यो समाचार तयार पार्दासम्म चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस