कालिन्चोक गाउँपालिकाको विकट गाउँमा एम्बुलेन्स सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कालिन्चोक गाउँपालिकाको विकट गाउँमा एम्बुलेन्स सेवा


९ चैत्र २०७६, आइतबार


काठमाडौं । गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ । एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका स्थानीयलाई सुविधा दिने छ ।

गाउँपालिकामा यस अघि दुई मात्रै एम्बुलेन्स सुविधा थियो । उक्त एम्बुलेन्सले विशेष गरी वडा नं ३ र ९ का स्थानीयलाई मात्रै सुविधा दिँदै आएका थिए । वडामा नयाँ एम्बुलेन्स थपिएपछि वडा नं। २ र १ का स्थानीयले प्रत्यक्ष सुविधा पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष बीनकुमार थामीले शुक्रबार हस्तान्तरित एम्वुलेन्सले गाउँपालिकाका विकट क्षेत्रका स्थानीयलाई सुविधा दिने बताए ।

फाउण्डेशनका अध्यक्ष ओमकुमार श्रेष्ठले बिकट गाउँका स्थानीयले समयमा नै अस्पताल जान नसकेर अकालमै ज्यान गुमाउनुपर्ने अबस्था देखेपछि एम्बुलेन्स उपलब्ध गराएको बताए । एम्बुलेन्समा अक्सिजन, वातानूकुलितदेखि प्राथमिक उपचारका सम्पूर्ण सामग्री जडान गरिएको छ । फाउण्डेशनले लगतै गाउँमा स्वास्थ्य शिविर चलाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस