मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ


९ चैत्र २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

जनकपुर । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस