कोरोनाको आशंकालागेका बिरामीलाई एम्बुलेन्ससहित निःशुल्क उपचार सेवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाको आशंकालागेका बिरामीलाई एम्बुलेन्ससहित निःशुल्क उपचार सेवा


९ चैत्र २०७६, आइतबार


पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड-१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ ।

शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए ।

‘नागरिकको पहिलो अधिकार बाँच्न पाउने अधिकार हुन्छ । सो भाइरसको आशङ्का देखिएमा एम्बुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौँ’, उनले भने । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आह्वान समेत गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपाय अवलम्बन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको छ ।

त्यसैगरी गाउँपालिकाको शनिबारकै सम्पन्न बैठकले आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमा आयोजना गर्न लागिएको विराट ज्ञान महायज्ञलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस