इटलीमा एकै दिन ७९३ को मृत्यु, ५३ हजार ५ सय ७८ जना संक्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इटलीमा एकै दिन ७९३ को मृत्यु, ५३ हजार ५ सय ७८ जना संक्रमित


९ चैत्र २०७६, आइतबार


काठमाडौं । इटलीमा शनिबार मात्रै थप ७९३ जनाको ज्यान गएको छ ।

इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस