२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन आग्रह

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए ।

सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन,सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ । यसैगरी बैठकले नेपालमा सो भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासङ्घका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

यसका लागि महासङघका तर्फवाट सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्वन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्य, तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्र्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत बैठकले गठन गर्ने निर्णय गरेको छ ।

सो समितिमा अध्यक्ष गोविन्द आचार्य,उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेका छन्। बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने उपाय सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस