काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) नेपालमा भित्रिसकेको भनेर सामाजिक संञ्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ।
(कोभिड–१९) नेपालमा भित्रिसकेको भनेर भाइरल भइरहेको एक अडियोको विषयमा प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए ।
उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए । हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।
सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।